करेन्ट लागेर मृत्यु

6

काठमाडौं – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अवस्थित रामग्राम नगरपालिका-१५ डिगावल बस्ने ४५ वर्षीया साम कुमारी पासीको घरमा टेबुल पंखा चलाउने क्रममा शनिबार दिउँसो करेन्ट लागेरमृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी पासीको जिल्ला अस्पताल परासीमा  उपचारको क्रममा मृत्यु भएको हो ।

बाराकाे  जितपुर सिमरा उपमहानगरपालिका-११ खैरहवा बस्ने १४ वर्षीया मनिषाचौधरीको बोर्डमा प्लग जोड्ने क्रममा शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर घाईते भएकी चौधरीको उपचारको लागि अल्पाईन अस्पताल सिमरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यसका साथै कैलालीकाे  गौरीगंगा नगरपालिका-५ अण्डैया बस्ने २२ वर्षीय गोपाल सिजाली मगरको जिराईत डोन्ड्रा खोलामा माछा मार्ने क्रममा शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर बेहोस भएका मगरको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here