मृत अवस्थामा फेला

98

काठमाडौं –  सिन्धुलीकाे दुधौली नगरपालिका-२ गागनस्थित कमलाखोलामा रहेको हिम पाईपभित्र हाल नाम, थर, वतन नखुलेकी महिलाको जस्तो स्वरूप भएको सडि गली सकेको शव शनिबार दिउँसो फेला परेको छ ।
महोत्तरी, बलवा नगरपालिका-११ मजारस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार बेलुका मृत अवस्थामा फेला परेका छन् । साथै प्युठान, गौमुखी गाउँपालिका-७ स्थित झिम्रुक खोलाको किनारमा सोही स्थान बस्ने २७ वर्षीया माया बिक शनिबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here