कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

116

मकवानपुर – कर्तव्य ज्यान मुद्दाका फरार कैदी सुनसरी रामधुनी नगरपालिका-७ बस्ने २५ वर्षीय कुलदिपराज धामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय रोजिन गुरूङलाई कर्तव्य गरी मारेको अपराधमा २० वर्ष कैद सजाय तोकी

कारागार कार्यालय भिमफेदीमा कैद भुक्तान गरिरहेको अबस्थामा २०७६ कात्तिक ३० गते कारागारबाट भागी फरार भएका धामी कंचनपुरबाट चितवनतर्फ आउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपरासी(बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका-१६ रजहरस्थित पुल छेउबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई कारागार कार्यालय भिमफेदी पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here