आज उपत्यकामा थपिए ५१ सहित संक्रमितकाे संख्या ६६५

139

काठमाडौं- सोमबार काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४३, ललितपुर ३ र भक्तपुर ५ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।

काठमाडौंमा कोरोना संक्रमित हुनेको व्यक्तिको संख्या ४९३ ललितपुरमा १०८ र भक्तपुरमा ६४ पुगेको छ। योसँगै कूल संक्रमितको संख्या ६६५ पुगेको छ।

सोमबार देशभर ४१८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २० हजार ७५० पुगेको छ। ३५८ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here