कृषि सामग्री कम्पनीका प्रमुखले बुझाए १० लाख धरौटी

12

रौतहट – कालोबजारीको मुद्दा खेपेका कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरका प्रमुख रवि केशरीले आइतबार १० लाख धरौटी बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी रकम बुझाएर उनले मुद्दाको पुर्पक्ष गर्ने भएका छन्।

नेपाल सरकारको अनुदानको मल सहकारी संस्थामार्फत कालोबजारी गर्न सघाउ पुड्डयाएको आरोपमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख केशरीमाथि समेत मुद्दा चलेको थियो। पक्राउ पुर्जी जारी भएसँगै फरार रहेका उनी आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटमा उपस्थित भएर बयान दिएपछि प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले १० लाख धरौटी रकम माग गरेका थिए।

सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि कालोबजारी तथा सामाजिक अपराधको मुद्दा लागेपछि उसमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान हुनुपर्ने आवाज उठ्दै आएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरबाट रौतहटका बचत तथा ऋण र कृषि सहकारी संस्था गरी १ सय ३२ वटा सहकारी संस्थाले ठूलो परिणाममा नेपाल सरकारको अनुदानको मल खरिद गरेको तथ्यांकमा रहेको छ तर जहिले पनि धानखेतीको मुख्य सिजनमा मलको अभाव देखाएर कालोबजारी हुने गरेको देखिन्छ।नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here