काेराेना संक्रमित बढेको बढ्यै,स्थिति भयावह बन्दै

5

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले संक्रमण पुष्टिपछि सम्पर्कविहीन हुने प्रवृत्तिले जोखिम बढाएको बताए। भारतबाट स्वदेश फर्कने नेपालीको भीड बढेपछि संक्रमितको संख्या वृद्धि भएको उनको भनाइ छ।

कोरोनाको पहिलो चरणमा नेपालमा विदेशबाट आएका नेपालीमा संक्रमण देखिएको थियो। त्यसको दोस्रो चरणमा कैलालीकी महिलामा विदेशबाट आएका संक्रमितबाट कोरोना सरेको पाइएको थियो। मन्त्रालयका पूर्वविशेषज्ञ डा। सुशीलनाथ प्याकुरेलका अनुसार यात्रा नगरेको स्थानीयमा संक्रमण देखिनु दोस्रो चरण हो। कोरोनाको तेस्रो चरण भनेको समुदायमा फैलिएको अवस्था हो।

कोरोना जेठ १९ गतेसम्म विभिन्न जिल्लामा देखा परेको थियो। त्यसबेला ५६ जिल्लामा संक्रमित फेला परेका थिए। जनस्वास्थ्यविज्ञ डा। समीरमणि दीक्षितले भने, ‘लकडाउन अवधिमा आवतजावत भइरह्यो। पीसीआर परीक्षण क्वारेन्टाइनमा मात्र सीमित रह्यो। पीसीआर परीक्षण विस्तार हुन सकेन। संक्रमित भित्रभित्रै बढे।’

मन्त्रालयको तथ्यांकअनुसार असार १९ गते एकै दिन सबैभन्दा बढी ४ सय ७० जना संक्रमित भए। ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गर्दा सो संक्रमित फेला परेका हुन्। कुल संक्रमित संख्या १५ हजार २ सय ५९ थियो। त्यसबेलासम्म ३२ जनाको मृत्यु भएको थियो। त्यो संख्या बढेर ५७ पुगेको छ। एक महिना अवधिमा झन्डै ५ हजार संक्रमित थपिएका छन्। निको हुनेको संख्या १४ हजार नाघेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here