सरकारलाई दुई हप्ता लकडाउन गर्न सुझाव

136

काठमाडौं – आज मंगलबार विहान ११ बजे शुरु भएको प्रधानमन्त्री केपी ओली र विज्ञहरु बीचको छलफलले दुई हप्ता लकडाउन गर्ने निश्कर्ष निकालेको छ । प्रधानमन्त्री ओलीले कोरोना भाइरस, कोभिड-१९ को वस्तुस्थितिबारे विज्ञहरुसँग परामर्श गरेपछि यस्तो निश्कर्ष लिइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर प्रम ओलीले विज्ञहरुसँग परामर्श गर्नु भएको थियो । छलफलमा सहभागी एक विज्ञले जनाए अनुसार विज्ञहरुले कम्तिमा दुई साता लकडाउन गर्न सुझाव दिएका छन् ।

परामर्शमा संसदमा विपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी रहेको जनाइएको छ । छलफलमा सहभागी देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न सरकारलाई आग्रह गर्नु भएको छ । देउवाले सरकारलाई ७ बुँदे सुझाव दिँदै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्ने बन्दोबस्त मिलाउन सुझाव दिनुभएको जानकारी प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here