आज रातीदेखि युरोपा लिग हुने 

46

एजेन्सी – कोरोनाभाइरसका कारण लामो समयसम्म रोकिएको युरोपा लिग आजबाट सञ्चालन हुने भएकाे छ ।

गत १३ मार्चबाट रोकिएको लिग करिब पाँच महिना पछि फेरि हुन लागेको हो । लिगमा आज मात्रै अन्तिम १६ का चार खेल हुने भएकाे छ । नेपाली समय अनुसार राती १०ः४० मा दुई खेल हुनेछन् । यी दुई खेलमा कोपनहेगनले घरेलु मैदानमा स्तानबुल बकासेहिरको सामना गर्ने छ । शख्तरले पनि घरेलु मैदानमा वुल्फ्सवर्गको समना गर्ने छ । पहिलो लेग १–० ले गुमाएको कोपनहेगनलाई अघिल्लो चरणमा पुग्न आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ । पहिलो लेगमा २–१ को जित निकालेको शख्तरले आज बराबरी खेले पनि उसलाई अघिल्लो चरण प्रवेश गर्न छेकबार हुने छैन । त्यस्तै, आजै राति पौने एकमा पनि दुई खेल हुँदैछन् । पौने एकको खेलमा इन्टर मिलानले गेटाफेको सामना गर्नेछ । यो खेल न्युट्रल भेन्यु जर्मन क्लब साल्केको घरेलु मैदान भेल्टिन्स एरिनमा हुनेछ । म्यानचेस्टर युनाइटेडले पनि घरेलु मैदानमा लस्कको सामना गर्नेछ । इन्टर र गेटाफेबीचको पहिरो लेग कोरोनाका कारण स्थगित भएको थियो । अब यही खेललाई आधार मानेर अघिल्लो चरणमा पुग्ने टोलीको टुङ्गो लगाइने छ ।

युनाइटेडलाई आजको खेलमा कुनै दवाब हुने छैन उसले पहिलो लेगमा ५–० को सहज जित हात पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here