पोखरी र कुलोमा डुबेर मृत्यु

44

काठमाडौं –  उदयपुर, चौदण्डीगढी नगरपालिका-४ बुईकली टोल बस्ने १९ बर्षीय प्रकाश बिकको सोही ठाउँस्थित माछा पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार मृत्यु भएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्राम बस्ने पर्वत घर भएका किसान परियारको छोरा ४ बर्षीय आरएन परियारको कुलोमा डुबेर सोमबार मृत्यु भएको छ । आफ्नै घर कोठा अगाडि खेल्ने क्रममा कुलोमा खसेको अबस्थामा फेला पारी स्थानीयले उद्धार गरी क्रिमसन अस्पताल मणिग्राम लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here