सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख १ हजार ४००

55
काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै  नयाँ कीर्तिमान कायम भएको हो ।

मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले अझै बढ्न सक्ने बताएको छ । महासंघले आज तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ रहेको जनाएकाे  छ ।

यसैगरी चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here