खोलामा डुबेर मृत्यु

397

काठमाडौं -चितवनकाे ईच्छाकामना गाउँपालिका-६ स्थित जलबिरे खोलामा डुबेर सोही गाउँपालिका-४ बस्ने २० वर्षीय अविषेक मगरको बुधबार मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेका हुन् ।

कैलालीकाे  गोदावरी नगरपालिका-१२ शारदा बस्ती बस्ने भरत रावतको ८ वर्षीय छोरा आशिस रावतको बाँगेसालस्थित नहरमा नुहाउने क्रममा डुबेर बुधबार मृत्यु भएको छ ।

बाराकाे कलैया उपमहानगरपालिका-१४ जितपुर टोल बस्ने किशोर पटेलको १० वर्षीय छोरा पवन कुमार पटेलको बुधबार घर नजिकै रहेको टेंग्रहर खोलामा डुबेर मृत्यु भएको छ ।

धनुषाकाे हंसपुर नगरपालिका-५ सुगानिकास बस्ने १७ वर्षीय श्रवण कुमार मंडलको निकाल खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार मृत्यु भएको छ । साउन १८ गते दिउँसो पौडी खेल्ने क्रममा डुबेर असक्त भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here