स्वदेश फर्किए १२७८ नेपाली

169

काठमाडौं – विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा बुधबार १ हजार २ सय ७८ जनालाई फिर्ता ल्याएको छ भने ५ वटा शव पनि नेपाल ल्याइएको छ ।

बुधबार बिहानदेखि साँझसम्ममा ८ वटा उडानमा ती नेपालीलाई स्वदेश फर्काइएको कोभिट क्राइसिस म्यानेजमेन्ट सेन्टरले जानकारी दिएको छ । साउदी अरेबिया, कतार, दुबई र भारतबाट ती नेपाली स्वदेश फर्किएका हुन् ।

उनीहरुलाई विमानस्थलबाट विभिन्न होल्डिङ सेन्टरमा राखेर प्रदेशमा पठाइएको सेन्टरले जानकारी दिएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here