कोरोना भाइरसको महामारीको जिम्मेवारी कस्लाई ठान्ने ?

20

राज्यलक्ष्मी शाक्य

लामो समयको लकडाउनपछि नेपालमा कोरोना भाइरसको संक्रमणको खतरा कम भएको ठहरसहित सरकारले लकडाउन समाप्त भएको घोषणा गरेपछि जनजीवन त सहज बन्यो तर संक्रमणको संख्या बढ्ने क्रम शुरु भएको छ । यहि दरले बढ्ने हो भने नेपालले धान्न सक्ने अवस्था देखिदैन । संक्रमणको  घटेको तथ्यांक अब बढ्न थालेपछि जनमानसमा एक किसिमको आतंक छाएको छ ।  कोरोना संक्रमितहरु विगतमा उपचरापछि सामान्य अवस्थामा फर्किएर गएकोमा पछिल्लो समय जटिल विरामी परेका छन् । वीरगञ्ज र विराटनगर कोरोना हटस्पट बनेका छन् । त्यहाँका अस्पतालका आइसीयु र भेन्टिलेटरहरु खचाखच भरिएको खबर आइरहेका छन् । वीरगञ्जमा देखिएको संक्रमणको दर देशव्यापी हुने खतरातर्पm समयमै ध्यान पु¥याउन जरुरी देखिन्छ ।

सरकारले बाह्रबर्ष मुनिका र साठीबर्ष माथिकाहरुलाई बाहिर ननिस्किन उर्दी जारी गरेको छ । तर यो आदेश आपैmमा हास्यास्पद देखिन्छ । बाह्रबर्षदेखि साठीबर्ष बीचका उमेर समूहका मानिसहरुलाई कोरोना संक्रमण हुँदैन भन्ने खालको आदेश सरकारबाटै जारी भएपछि जनस्तरमा यसको प्रभाव के पर्ला भन्ने कुरा सरकारले सोचेको देखिएन ।

हालसम्म देशभरिमा कति संक्रमित भएका छन् भन्ने बारे तथ्यांक हेर्ने हो भने आपैmमा डर लाग्दो अवस्था छ । संक्रमितहरु मध्ये कुनै पनि उमेरका व्यक्तिहरु बाँकी छैनन् । कोरोनाले न उमेर देखेको छ, न जात देखेको छ, न लिंग देखेको छ, सर्वत्र आक्रमण भइरहेको अवस्थामा नेपाल सरकारले जारी गरिएको उर्दीले बाह्रबर्षदेखि साठीबर्ष सम्मकालाई कोरोना संक्रमण हुँदैन भन्ने सन्देश जन साधारणमा पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका मध्ये सिन्धुपाल्चोक जिल्ला राम्चेकी २९ वर्षीया महिला पनि छिन् । सरकारले बाह्रबर्ष मुनि र साठीबर्ष माथिकालाई घरबाट बाहिर ननिस्कन आदेश गर्नु हद दर्जाको मूर्खता हो । त्यसैगरी बाँकेको नरैनापुरका २५ वर्षीय युवक संक्रमित भएर ज्यान गुमाए । गुल्मीका ४१ वर्षीय शिक्षकले ज्यान गुमाएका छन् । त्यस्तै ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको  थियो ।

अर्घाखाँचीको भुमिकास्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुष मृत्युपछि कोरोना पुष्टि भएको थियो । त्यस्तै पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुष । स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि १९ जेठमा मिसन अस्पताल पाल्पामा लगिएको अवस्थामा  उपचारका क्रममा उनको २० जेठमा मृत्यु भएको थियो ।

सुर्खेत पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकले कोरोनाबाटै २२ जेठमा ज्यान गुमाएका थिए । त्यसैले कोरोनाको संक्रमण यति उमेर समूहलाई हुन्छ र यतिलाई हुँदैन भन्ने निश्कर्ष नै गलत हो । सरकारले जनताका नाममा आदेश जारी गर्दा यस्तो गम्भीर खालको त्रुटि गर्न पुगेको छ । यस्तो गल्ती दोहो¥याउनु महामारीलाई बढावा दिएको ठहर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here