१६६ जना कर्मचारी क्लासिकले माग्यो

83

काठमाडौं – कोरोना भाईररसका कारण हाल संसारमा महामारी फैलिएको छ। यस्तो अवस्थामा कतिपयले आफ्नो रोजगारी गुमाएका छन् भने जागिरको खोजी गर्नेको संख्या पनि एकदमै उच्च छ ।यस्तो अवस्थामा सेवा विस्तार र नयाँ साखाहरु खोल्ने क्रममा नेपालको चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले भने एकसाथ १६६ जना कर्मचारी भर्ना गर्न थालेको छ ।

कम्पनीले काठमाडौंका लागि कर्पोरेट रिलेसन अफिसरको रुपमा १० जना कर्मचारी मागेको छ । स्नातक तह उत्तीर्ण गरेका, सावरी चालक अनुमतिपत्र भएका र सेल्स एण्ड अपरेशनमा दुई वर्ष अनुभव भएकाहरुले यो पदका लागि आवेदन दिन सक्नेछन् ।

यसै गरि कम्पनीले सेल्स एसोसिएट, एरिया सेल्स रिप्रिजेन्टेटिभ र फ्रन्ट डेक्स एसोसियट पदहरुका लागि ५०-५०-५० जना कर्मचारी माग गरेको छ । काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, धरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियाका लागि यी कर्मचारी मागिएको हो ।यसमा आवेदन दिनका लागि प्लस टू पास गरेको हुनुपर्ने छ ।

जसमध्ये सेल्स एसोसिएटको लागि फाइबर सपोर्टको अनुभव भएका, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएकाहरुले आवदेन दिन सक्नेछन् ।  त्यसै गरि एरिया सेल्स रिप्रिजेन्टेटिभको लागि सेल्स र मार्केटिङमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्ने उल्लेख गरिएको छ। फ्रन्ट डेस्क एसोसियट पदका लागि भने कस्टमर सर्भिसमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्ने छ ।

यस अलावा कम्पनीले सहायक शाखा प्रमुख पदको लागि पनि आवेदन माग गरेको छ ।काठमाडौं, बनेपा, पोखरा, कावासोती, नेपालगञ्ज र धादिङ गरी कुल ६ जनाका लागि यसमा आवेदन माग भएको हो । यसका लागि सेल्स एण्ड अपरेसनमा तीन वर्षको अनुभव भएको, स्नातक उत्तीर्ण भएको, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएका व्यक्तिले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here