एसएसपी पुर्पक्षका लागि जेल चलान

76
काठमाडौं – बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र कुमार अधिकारी पुर्पक्षका लागि जेल चलान भएका छन् ।  जिल्ला अदालत कास्कीका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने आदेश गरे बमोजिम उनी जेल चलान भएका हुन ।
पोखराको लामापाटनमा रहेको सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका प्रमुख अधिकारीमाथि एक महिलालाई आफ्नै क्वार्टरमा बोलाएर जबरजस्ती गरेको अभियोग थियो ।

एक युवतीलाई आफ्नो क्वाटरमा खाना खान बोलाएर बलात्कार गरेको आरोपमा एसएसपी अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले ३१ असारमा पक्रेको थियो ।  प्रहरीले घटनाको अनुसन्धान गरी गत बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालय कास्कीमा अधिकारीको फाइल पेश गरेको थियो । न्यायाधिवक्ताको कार्यालयले आइतबार जिल्ला अदालतमा पेश गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here