अवैध रुपमा ल्याउँदै गरेको सामान बरामद

10

रुपन्देही – मायादेवी गाउँपालिका-४ बाट लु.१ च ७१६८ नम्बरको बलेरो जिपमा अवैध रुपमा ल्याउँदै गरेको ३ कार्टुन चप्पल, ३ बोरा तामाको प्लेट र ३७ थान फलामको मूर्तिमा पहेँलो जलप लगाएको विभिन्न भगवानको मूर्ति समेत गरी करिब २ लाख रुपैयाँ बराबरको सामान बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।

प्रहरी बिट गल्लामण्डीबाट खटिएको प्रहरीले उक्त गाडी र चालक समेतलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here