नेपालको अर्थतन्त्र चौपट

187

काठमाडौं – विश्व व्यापी रुपमा फैलिएको कोरोना संक्रमणले नेपाल पनि ठूलो चपेटामा परेको छ । यसको मुल कारण सरकाद्धारा सुनुवाई नभएर हेलचेक्रयाई बढी हुनुले भएको विज्ञ चिकित्सकहरुको ठम्याई छ । बरिष्ठ चिकित्सक डा.मधु घिमिरे भन्नुहुन्छ हामीले सरकारलाई बेलैमा सचेत गराएकै हो तर सरकारले सुनुवाई गरेर कार्यान्वयन गर्नुको सट्टा ढाकछोपमा नै जोड दिएकाले आज यो परिणाम आएको हो । अहिले पनि सरकारले ढाकछोप गर्ने काम गरिरहेकै छ ।

गर्ने काम केही भएन ढोल पिट्ने मात्र काम भयो । अब सर्वसाधारणलाई सबैभन्दा ठूलो समस्या पेट भर्ने कि बिरामी हुने र सरकारले पहिला सतर्कता अपनाएर गर्नुपर्ने कुराहरु गरेको भए अहिले अर्थतन्त्र पनि चौपट हुँदैनथियो । सरकारले कोरोना संक्रमणको परिक्षण गर्नुको सट्टा ढाकछोप गरेका कारण अव संक्रमितको संख्या घटने तर्फ जाने आधार नै तय भएको छैन यसले अबका दिनमा अर्थतन्त्र त चौपट नै हुन्छ । सरकारले बिरामीका लागि आवश्यक पर्ने औषधि पनि खरिद गरेको छैन ।

गम्भिर बिरामीका लागि चाहिने दुईथरी औषधिहरु महगो हुनुका साथै नेपालमा पाइन्न । यी औषधिहरु सरकारले स्टक राखेको पनि छैन र साधारण जनताका लागि पाउने सम्भावना छैन । यस बिषयमा सरकारले ध्यान दिएकै छैन । अब यहाँ सरकारको पद सम्हालेका बिरामी पर्दाको चिन्ता हैन सर्वसाधारण जनता बिरामी हुँदा कतिले आईसीयू, भेन्टिलेटर पाउँछन यो खबर आजको समाचार पत्रले छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here