तीज लक्षित ‘रातो साडी’ गीत भिडियाेसहित सार्वजनिक

70

काठमाडौं – निर्मता तथा निर्देशक सुधन धितालले निर्देशन गरेको रातो साडी बोलको तीज गीत सार्वजनिक भएको छ १ हिन्दु नारीहरुको पर्व तीजलाई लक्षित गरी उक्त गीत यूवट्युव मार्फत सार्वजनिक गरेको हो ।

सुर्य कमल राई दनुवारको संगीत, दिपेन्द्र खड्काको शब्द तथा संजय हमालको संगीत संयोजन रहेको उक्त गीतमा सुपाश्री खनालको स्वर रहेको छ ।

नेपाली चलचित्र उद्योगमा जय होस्, मेन्टल र तिम्रै छोरी तरुनी हाम्लाई के को दोष जस्ता चलचित्र निर्माण तथा पर्दाफास, नाई मलाई था छैन, हिट म्यान लगायत आधा दर्जन भन्दा बढी चलचित्र र टेलिफिल्मका साथै म्युजिक भिडियो समेत निर्देशन गरेका निर्माता तथा निर्देशक धितालले तीजको कोसेलीको रुपमा रातो साडी बोलको गीत लिएर आएको बताए १

कोरोनो भाईरस कोभिड-१९ का कारण प्रभावित विभिन्न क्षेत्रहरु मध्ये चलचित्र क्षेत्र पनि एक भएको र अहिलेको अवस्थामा ठुला लगानीका फिल्महरु निर्माण गर्ने वातावरण नरहेका कारण आफूहरुले म्युजिक भिडियो निर्माण तथा निर्देशन गरेर खाली समयको सदुपयोग गर्ने गरेको निर्देशक धिलालले जानकारी दिएका छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here