इन्भेष्टमेन्टको इपीएस प्रभावित

91
काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकको अधिकांश सूचक प्रभावित भएको छ । यसअवधिमा खुद नाफा २२.६४% ले घटेर २ अर्ब ५७ करोड १७ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्ष यस  बैंकले ३ अर्ब ३२ करोड ४१ लख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, वितरण योग्य नाफा पनि ५३.०९% ले घटेर ६५ करोड २३ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष बैंकको वितरण योग्य नाफा १ अर्ब ३९ करोड ६ लाख रुपैयाँ थियो । यसअवधिमा खुद ब्याज आम्दानी ६.६९% ले घटेर ५ अर्ब ७६ करोड १ लाख ९७ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा १२.०३% ले घटेर ३ अर्ब ६३ करोड ६१ लख ४१ हजार रुपैयाँमा आएको छ । खराब कर्जा अनुपात ०.१३% बढेर २.९१% पुगेको छ । यसले पनि नाफामा दबाब परेको देखिन्छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here