नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो

6

काठमाडौं – शनिबार थप ४६८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा चार सय ६८ जनामा कोरोना संक्रमण भएको जनाएका हुन् । उनकाअनुसार  देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गरिएको थियो ।

आज थपिएका चार सय ६८ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । र, निको हुनेको संख्या १७ हजार दुई सय १ जना रहेको छ । हालसम्म एक सय दुई जनाको निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here