युराेपेली देश पाेल्याण्डमा अमेरिकी सैनिक तैनाथ गर्न सम्झौता

73
सम्झौता समारोहलाई सम्बोधन गर्दै पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले कुनै सुरक्षा खतरा उत्पन्न भए अमेरिकी सेनासँग काँधमा काँध मिलाएर लड्न पोलिस सेना तत्पर रहने वचनबद्धता प्रकट गरे । उनले पोल्यान्डको अमेरिकी सैन्य अखडाले युरोपका अरु मुलुकको सुरक्षामा समेत ठूलो सघाउन पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रपति आन्द्रेजले पोल्यान्डमा विदेशी लगानी र व्यापार सम्बन्धमा पनि गुणात्मक सुधार हुने अपेक्षा गरे ।

पोल्यान्डमा हाल करिब चार हजार ५०० अमेरिकी सेना तैनाथ भइसकेका छन्, र चाँडै अरु एक हजार सैनिक थप हुनेछन् ।  गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा तैनाथ सैनिक कटौती गर्ने घोषणा गरेलगत्तै अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट फिर्ता हुने करिब १२ हजार सैनिकमध्ये करिब पाँच हजार ६०० लाई पोल्यान्ड समेतका अन्य मुलुकमा तैनाथ गरिने जनाएको थियो ।

यसबाहेक, जर्मनीबाट धेरैवटा अमेरिकी सैन्य कमान्ड हटाइने भएको छ । जर्मनीमा रहेको आर्मी भी कप्र्सलाई अर्को वर्ष पोल्यान्ड स्थानान्तरित गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here