एक जोर पुरानो जुत्ता ७ करोड ३५ लाखमा बिक्री

74

एजेन्सी -एक जोर जुत्ता, त्यो पनि ३५ वर्ष पुरानो । त्यस्तो पुरानो जुत्ताको मूल्य कतिसम्म पर्ला ? पुरानो एकजोर जुत्ताको मूल्य ७ करोड ३५ लाख रुपैयाँ पर्दछ भन्ने कुरा सायद कसैले पत्याउन सक्ने कुरा होइन ।

तर हालै एक अमेरिकी पूर्व बास्केटबल खेलाडीले लगाएको पुरानो जुत्ता ७ करोड ३५ लाख रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्री भएको छ । अमेरिकाका महान बास्केटबल खेलाडी तथा अमेरिकी बास्केटबलको ड्रिम टिमका एक सदस्य माइकल जोर्डनले लगाएका ३५ वर्ष पुराना एकजोर जुत्ता ६ करोड १५ लाख डलरमा बिक्री भएका हुन् । क्रिस्टी अक्सन हाउसका अनुसार हालैको लिलामीका क्रममा ती जुत्ताले कीर्तिमान कायम गर्न सफल भए । जोर्डनका जुत्ताले केही महिना अगाडि समेत कीर्तिमान कायम गर्न सफल भएकोमा पछिल्लो पटक आफ्नै कीर्तिमान भंग गरेका हुन् । गत मेमा जोर्डनका सोही ब्राण्डका जुत्ता ५ लाख ६० हजार डलरमा लिलाम भएका थिए । नाइकी कम्पनीको एयर जोर्डन वान हाइज (Air Jordan 1 Highs) नामक उक्त जुत्ता माइकल जोर्डनले सन् १९८५ मा इटालीमा भएको एक मैत्रीपूर्ण बास्केटबल खेलका क्रममा लगाएका थिए । उक्त खेलका क्रममा जोर्डनले यति जोडसँग बल फ्याँकेका थिए कि बलले लागेर ब्याकबोर्डको काँच नै टुटेको थियो ।

सेतो, रातो र कालो रङ मिसिएको उक्त जुत्ता जोर्डनको टिम शिकागो बुल्सको जर्सीमा लगाइने जुत्ता हो । जुत्ता १३.५ नम्बरको छ । जोर्डनका जुत्ता कीर्तिमानी मूल्यमा खरीद गर्ने खरीदकर्ताको नाम खुलाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here