पर्सामा ६६ जनामा कोरोना संक्रमित

55

पर्साका थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा १७ महिलासहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी कार्यालय विर्ताका २ जना गरी सात जना प्रहरी हुन्।

संक्रमण पुष्टि भएका २५ जना पर्साको बहुदरमाई नगरपालिकाका हुन्। बहुदरमाई नगरपालिका-४ बहुअरीका २० जना र अन्य वडाका ५ जना संक्रमित छन्। कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हो। साथै वीरगन्ज महानगरपालिका-१० मुर्ति चोकका ८ जना, छपकैयाका ५ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ।

बाराको परसौनी गाउँपालिकामा ४ जना, पिलुवामा तीन, सिम्रौनगढका एक र कलैया-६ का एकजनामन संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here