आजकाे मौसम यस्ताे छ

55
काठमाडौं –  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी  न्युन  चापीय  रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको जनाएको छ ।
जसका कारण हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १,  प्रदेश ५ र कर्णाली  प्रदेश तथा आसपासका भूभागका  केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

जारी मौसम पूर्वानुमानका अनुसार  दिउँसो देशभर  सामान्यतया  बदली  रही  धेरै  स्थानहरुमा  मेघगर्जन र चट्याङ्ग सहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको छ । बागमती  प्रदेश, गण्डकी  प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम  प्रदेशका  १/२  स्थानहरुमा  भारी  वर्षाको  समेत  सम्भावना रहेको छ ।

यसैगरी, राति  देशभर  सामान्यतया  बदली रही   प्रदेश १, बागमती प्रदेश, गण्डकी  प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा  र बाँकी प्रदेशको थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको छ ।  साथै, बागमती प्रदेश, गण्डकी  प्रदेश र सुदूरपश्चिम प्रदेशका १र२ स्थानहरुमा भारी  वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here