रुसले बनाएकाे कोरोनाविरुद्ध खोपको अध्ययन गरिने

19

एजेन्सी–रुसले आफ्नो देशमा निर्माण गरेको खोपको प्रभावकारिता र सुरक्षाका विषयमा अध्ययन सुरु गर्ने भएको छ।

‘स्पुतनिक ५’ नाम दिइएको खोपलाई आगामी सातादेखि हजारौं स्वयंसेवकमा परीक्षण गरिँदैछ। यससँगै यसको प्रभावकारिता र सुरक्षाका विषयमा अध्ययन गर्न लागिएको हो।

विश्वले रुसले तयार पारेको भनिएको खोपको विश्वसनीयतामाथि प्रश्न उठाइरहेका बेला अध्ययन गर्न लागिएको हो। ४५ भन्दा बढी स्वास्थ्य केन्द्रमा ४० हजारभन्दा बढी मानिस अध्ययनमा सहभागी हुनेछन्।

खोपलाई मास्कोको गामेलिया इन्सिच्युटले तयार पारेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here