दुबईबाट काठमाडौं आउन नपाएका यात्रुहरु आइतबार नेपाल फर्किने

65

काठमाडौ । मंगलबार दुबईबाट नेपाल फर्किन नपाएका नेपालीहरु पर्सि आइतबार नेपाल फर्किने भएका छन् । नेपाल एअरलाईन्सले आईतबार दुबईबाट उडान गर्ने जानकारी गराएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको अनुमतिमा आइतबार बिहान नेपाल एयरलाइन्स दुबई जान लागेको हो।

आइतबार बिहान नेपाल एयरलाइन्स दुबई जाने र बेलुका उनीहरूलाई लिएर फर्कने गरी नेपाल एयरलाइन्सले सेड्युल निर्धारण गरेको छ। दुबईबाट काठमाडौं आउनका लागि मंगलबार २६६ जना यात्रु तयारी अवस्थामा थिए।
रक्षा मन्त्री ईश्वर पोखरेलको आदेशमा उन्कै नेतृत्वको कोभिड –१९ संकट व्यवस्थापन केन्द्रले सोमबार गरेको एकपक्षीय निर्णयका कारण मंगलबार ती यात्रुहरू नेपाल फर्कन पाएका थिएनन्।

यस विषयमा पर्यटन मन्त्री योगेश भट्टराई र रक्षामन्त्री ईश्वर पोखरेलबीच प्रधानमन्त्री केपी शर्मा ओलीकै सामुन्ने चर्का चर्की भनाभन भएको थियो। पछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै अलपत्र यात्रुहरूलाई तत्काल फर्काउने काम अघि बढाउन पर्यटन मन्त्रालयलाई अनुमत दिएको थियो।

बिमान रित्तो फर्काउने रक्षामंत्रीको कार्य सर्वत्र आलोचना र बिरोध भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here