देशमा कोरोना संक्रमितको संख्या ३१,९३५ पुग्यो

13

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ९३५ जना पुगेको छ।

काठमाडौं उपत्यकामा आज १६६ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १२६ भक्तपुरमा २८ र ललितपुरमा १२ जना थपिएका हुन्।  पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ६३१ उपचारपछि निको भएका छन्।  नेपालमा हालसम्म १५० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here