संसारभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख नाघ्याे

62

काठमाडौं – संसारभर  कोरोना सक्रमितको संख्या झण्डै दुई करोड ३८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख सात सय ४३ पुगेको छ ।

त्यस्तै, आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख १६ हजार पाँच सय ३५ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ६३ लाख ४७ हजार नौ सय २३ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ८१ हजार ९७ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । सोमबार मात्रै अमेरिकामा चार सय ९३ जनाको कोरोेनाबाट मृत्यु भएको छ ।

त्यस्तै,ब्राजिलमा एक लाख १५ हजार चार सय ५१ जनाको ज्यान गएको छ । सोमबार ब्राजिलमा कोरोनाबाट ६ सय ७९ जनाले ज्यान गुमाए । भारतमा ५८ हजार पाँच ४६ जनाले कोरोनाका कारण गुमाईसकेका छन् ।सोमबार भारतमा कोरोनाबाट आठ सय ५४ जनाले ज्यान गुमाएका छन् ।

आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म १८ हजार आठ सय ६ जनाले कोरोना जितेका छन भने एक सय५७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here