उपत्यकामा कुल काेराेना संक्रमितकाे संख्या ३ हजार ७ सय १८ पुग्याे

65

काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ। त्यसैगरि, काठमाडौंमा २ हजार ९५५, ललितपुरको ४६३ र भक्तपुरमा ३०० संक्रमित पुगेका छन्।

मंगलबार देशभर ८५५ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३३ हजार  हजार ५३३ पुगेको छ। २४ घण्टामा ३१३ जना डिस्चार्ज भएसँगै १९ हजार ११९ जना संक्रमणमुक्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here