डबल नेकपाका अध्यक्षहरू छलफलमा जुट्दै 

151

काठमाडौं– सत्तारुढ दल डबल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता हुँदै छ।

पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनउपर छलफल गर्न दुई अध्यक्षबीच छलफल हुन लागेको हो। प्रधानमन्त्री निवासमा हुने भनिएको भेटवार्ताको समय भने तय भइनसकेको दाहाल निकट स्रोतले जनायाे ।

यसअघि सोमबारका लागि हुने भनिएको छलफल दुवै अध्यक्षले प्रतिवेदन अध्ययन गर्न भन्दै स्थगित गरेका थिए। ३० साउनमा दुवै अध्यक्षले महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए।

कार्यदलले विभिन्न सुझावहरुसहित ६ भदौमा प्रतिवेदन बुझाएको थियो। कार्यदलले बुझाएको प्रतिवेदनमा दुईअध्यक्षबीच सहमति भए सचिवालयबाट अनुमोदन गर्ने तयारी छ। त्यसपछि उक्त प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here