सरकारले २८ अस्पताललाई काेराेना अस्पताल बनायो

97

काठमाडौं – कोरोना भाइरस संक्रमितको उपचारका लागि लागि तयार पारिएका लेबल एक, लेबल दुई र लेबल तीनका अस्पताललाई कोभिड अस्पतालमा परिणत गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तीन वटै लेबलका अस्पताललाई कोभिड अस्पतालमा परिणत गरिएको जनाएका  हुन्।

तीन वटै लेबलका अस्पतालमा नियमित सेवा दिइरहेका बिरामीमा कोभिड–१९ पोजेटिभ देखिपनि सोही अस्पतालमा राखेर उपचार गरिने निर्णय भएको डा. गौतमले जनाएका छन्  ।

उनले भने,‘यसमा जिल्ला अस्पतालहरु, प्रादेशिक अस्पतालहरु, शिक्षण अस्पतालहरु, केन्द्रिय अस्पतालहरु र कतिपय निजी अस्पतालहरु लेबल एक, दुई र तीनमा पहिला गरेको निर्णय खारेज गरी सबैलाई कोभिड अस्पतालमा परिणत गरिएको छ। र त्यहाँ दिने सेवा भनेको उक्त अस्पतालमा उपलब्ध सबै सेवा कोभिड पोजेटिभ भएपनि कोभिड नेगटिभ भएपनि सोही ठाउँबाट सेवा दिने गरि निर्धारण गरिएको छ।’

यस्तै यो भन्दा अगाडि सरकारले तोकेको लेबल एकमा १३ वटा, लेबल दुईमा १२ वटा र लेबल तीनमा ३ वटा गरी २८ वटा अस्पताल तोकिएको थियो। यी तीन लेबलका अस्पतालहरुमा बिरामीको अवस्था अनुसार उपचार गरिने मन्त्रालयले बताएको थियो। यसमा कम कम्प्लिकेसन भएका अर्थात सामान्य अवस्थाका संक्रमितलाई लेबल एकका अस्पतालमा राखिने भनिएको थियो।

सामान्य अवस्था भन्दा अलि जटिल समस्या देखिएका संक्रमितहरुलाई दोस्रो तहमा राखी उपचार गरिने भनिएको थियो भने गम्भीर प्रकृतिका संक्रमितलाई तेस्रो तहका अस्पतालमा उपचार गर्ने सरकारले घोषणा गरेको थियो। यस्तै गम्भीर अवस्थाका विरामीलाई अक्सिजन, भेन्टिलेटरको आवश्यक पर्ने भएका कारण उनीहरुलाई तेस्रो तहको अस्पतालमा उपचार गरिँदै आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here