काठमाडौं उपत्यकामा थपिए ३७७ संक्रमित

78

काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ३ सय ९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका  छन्।

बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार  ३ सय ९६ पुगेको छ।

आज देशभर ११११ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३५ हजार ५ सय २० पुगेको छ। पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १८० जना कोरोना संक्रमितको मृत्यु भएको छ।  देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here