काेराेना संक्रमितको संख्या बढिरहेकोले सर्तक हुनुपर्नेमा डा. पाण्डेकाे जाेड

8

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले कोरोना संक्रमितको संख्या बढिरहेकोले सबैले पहिलेभन्दा अझै बढि सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो जनाएका हुन् । उनले भनेका छन्,सरकार एकदमै जिम्मेवार हुनुपर्छ । अहिले यही जोखिमलाई ध्यान दिएर काठमाडौंमा निषेधाज्ञा लागू भएको छ । त्यसैको समयलाई हामीले लिएर के गरेका छौँ भने मेयर फोरममा गएर हामीले माइक्रोयोजना बनाएर कुन कुन ठाउँमा हटस्पट छ, सेन्टर काठमाडौंमा हामीले केशहरू हेरेका छौँ । सकेसम्म १ हप्ताभित्र समाधान गर्छौँ । रोग फैलिन नदिने काम हामीले गरिरहेका छौँ । अब संक्रमितहरू घटाउने काम गर्नुपर्छ । प्रस्तुत छ डा. पोण्डेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

कोरोनाको कहरबाट हामीले कसरी उन्मुक्ति पाउने ?

लकडाउन खुलिसकेपछि बाहिरबाट मानिसहरू तराइमा आए । त्यसपछि संक्रमणको दर बढेको छ । यो दर लगातार रूपमा बढिरहेको छ । पछिल्लो अवस्थामा भन्नुपर्दा लक्षण भएका व्यक्तिहरू पनि बढिरहेको हुनाले हामीले पहिलेभन्दा अझ बढी सर्तक हुनुपर्ने अवस्था हो ।

लक्षणहरू किन बढिरहेको छ ? कसरी बढिरहेको छ, के कारणले बढिरहेको छ ?

पहिला हामीले भनिरहेका थियौँ । ९९ प्रतिशतभन्दा बढी पनि लक्षणहरू थिए । सबैजसो व्यक्तिहरू बाहिरबाट आउने, क्वारेन्टाइनमा बस्ने धेरै जसो १५ देखि ४५ वर्षका व्यक्तिहरू थिए । श्रम गरेर आएका व्यक्तिहरू थिए । पहिला पुरुषहरू ८५ प्रतिशतभन्दा बढी थिए भने अहिले त्यो ३० र ७० प्रतिशत जस्तो भएको छ । यो सबै उमेर समुहमा भएको हो । खासगरी भारतमा केशहरू बढिरहेको र भारतबाट नेपालमा जो व्यक्तिहरू आए, तिनीहरूमा संक्रमण भएको हुनाले लक्षण धेरै भएको देखिन्छ ।

सरकार जिम्मेवार रूपमा आएको छ कि छैन ?

सरकार एकदमै जिम्मेवार हुनुपर्छ । अहिले यही जोखिमलाई ध्यान दिएर काठमाडौँमा निषेधाज्ञा लागू भएको छ । त्यसैको समयलाई हामीले लिएर के गरेका छौँ भने मेयर फोरममा गएर हामीले माइक्रोयोजना बनाएर कुन कुन ठाउँमा हटस्पट छ, सेन्टर काठमाडौँमा हामीले केशहरू हेरेका छौँ । सकेसम्म १ हप्ताभित्र समाधान गर्छौँ । रोग फैलिन नदिने काम हामीले गरिरहेका छौँ । अब संक्रमितहरू घटाउने काम गर्नुपर्छ । यो पालिका, प्रदेश मात्रको काम नभएर हामी सबैको काम भएकोले त्यसमा मेयरहरू तयार हुनुहुन्छ । १ हप्तापछि संक्रमणको दर कम हुन्छ । विरामीहरूका लागि सबैभन्दा मुख्य समस्या भनेको अक्सिजनको नै समस्या हुँदोरहेछ । उहाँहरूलाई अक्सिजन सप्लाई गर्नुपर्ने भएकोले यसको कमी नहुने गरी काम गर्छौँ । काठमाडौँ, ललितपुर र भक्तपुरमा फोकल पर्सन नै पालिकाअनुसार तोकेका छौँ । कहिले कमी कमजोरी हामीले हुन दिदैँनौँ ।

हाम्रो देशको निजी अस्पताल सुतेर बसेका छन् ? सरकारलाई असहयोग गरेका हुन ?

२०७२ सालमा जुन ठुलो भुइँचालो गयो, त्यस अवस्थामा सरकारी र निजी अस्पताल एकदमै मिलेर काम गरेको थियो । स्वास्थ्यको रेस्पन्स एकदमै नमुनाको रूपमा विश्वमा चिनिएको थियो । अहिले आएर अलि फरक प्रवृत्ति किन देखियो भने अहिले २ खालका विरामी एकै ठाउँमा राखियो भने संक्रमण सर्नसक्ने सम्भावना हुन्छ जस्तो कुराहरू आएका छन् । अरू के कुरा गर्नुपर्ने हो, त्यसका लागि कमिटि बनेको छ । अझै पनि निजी अस्पतालले विरामी नलिएको भन्ने कुरा आएको छ । कुनै पनि अस्पताल सरकारले चाहेको खण्डमा सरकारले काममा लगाउन सक्छ । यदि निजी अस्पतालहरूले सहयोग गर्नुभएको छैन भने कसरी त्यस अस्पताललाई प्रयोगमा ल्याउनुपर्छ, त्यो प्रक्रिया अपनाउनुपर्छ ।

पि.सि.आर टेस्टको कुरा गर्दाखेरि निजी अस्पतालले धेरै पैसा लिएको छ । ७५०० लिएको छ । तपाईहरूले त ४५०० र ५५०० को कुरा गरिरहनुभएको थियो नि ?

मैले पनि त्यस्तो कुराहरू सुनेँ । ल्याबहरूमा ५५०० नलिएर अलि कम लिएको पनि मैले थाहा पाएको छु । कसैले ५५०० टेस्टको मात्र हो, त्यसबाहेक अरू हामीलाई गाउन, पि.पि ल्याउनुपरेको छ भनेर त्यसरी थप पैसा लिएको देखिन्छ । तर त्यस्तो गर्न पाइँदैन, मिल्दैन । यदि कहि कतै त्यस्तो भएको छ भने कारबाही गर्नुपर्छ ।

जनता के भन्छन् भने हामी त्यो पैसा तिर्न सक्ने अवस्थामा छैनौँ । कतिपय ठाउँमा निःशुल्क छ । सरकारले निःशुल्क गरिरहेको छ । एकजना व्यक्तिले अहिलेको अवस्थामा ७५०० तिरेर त्यो उचित छ ?

पहिलो कुरा त मैले के भन्न चाहेँ भने कसैले भन्नुहुन्छ, आज जाँचौँ, म अलि ढुक्क भएर बस्न चाहन्छु, भन्नुहुन्छ । पहिलो कुरा त पि.सि.आर कतिखेर गर्ने भन्ने कुरा महत्वपूर्ण कुरा भयो । कोही विदेश जानुपर्ने, विभिन्न कारणले गर्नुपर्नेछ भने मात्र पैसा तिर्ने हो । धेरै व्यक्तिको एकैचोटि गर्नुपर्ने हो भने त त्यति पैसा पनि नलाग्नुपर्ने हो । त्यही लटमा धेरैजनाको एकै समयमा एकै काम गर्नुपर्ने भयो भने त पैसा विस्तारै घट्दै जान्छ । यदि कसैले त्यसरी लिएको छ भने लिनुहुँदैन । त्यो नियम विपरीत हो । त्यसो भएको थाहा भयो भने कमिटि बनेको छ, एउटा क्वालिटि नियन्त्रण र अर्को यस्तो खालको बढी पैसा असुल्नेहरूलाई कारबाही गर्ने । अरू कारण जोडेर पैसा बढाउन पाइँदैन । सरकारले तोकेको पैसामा परीक्षण गरिदिनुहुन म विशेष अनुरोध गर्दछु ।

स्वास्थ्य मन्त्रालयले नयाँ पोलिसी, रणनीति बनाउँदैछ ?

स्वास्थ्य मन्त्रालयले द्रुत नियन्त्रण कसरी गर्ने भन्ने रणनीति ल्याउँदैछ । यो कुरामा हरेक चोटि अवस्था कस्तो हुन्छ, त्यसलाई अपडेट गर्दै जाने भन्ने हो ।

हामीकहाँ अस्पताल त छन तर आई.सी.यु छैन ? सरकार कहाँ चुक्यो ?

यसमा ध्यान पर्याप्त रूपमा गएको छ । थप भेन्टिलेटरको कहाँनेर आवश्यकता हो, सबैभन्दा महत्वपूर्ण कुरा त भेन्टिलेटर पुग्न दिने काम पहिले नै गर्नुपर्ने हो । यसमा ध्यान प्रशस्त रूपमा गएको छ । यसमा हामी सरकारी र प्राइभेट सबै हस्पिटल मिलेर गर्नुपर्छ । यसमा द्रुत एक्सन प्लान छ, त्यसमा हामी गईरहेका छौँ । यसमा मेयरहरूले के भन्नुभयो भने, तपाईहरूलाई के कुरा चाहिन्छ, पि.सि.आरको सामग्री किन्नुपर्ने हो कि, लजिस्टिक के हो त्यसमा हामी सहयोग गर्छौँ भन्नुभएको छ । केही समयपछि संक्रमण घट्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here