जर्मनीमा ३८ हजारको जुलुस पुनः संक्रमण फैलने जोखिम

166

एजेन्सी – २१ कोरोना भाइरस महामारी नियन्त्रण गर्न लगाइएको प्रतिबन्ध खुलाउन माग गर्दै जर्मनीको राजधानी बर्लिनमा शनिबार हजारौं मानिसहरुले प्रदर्शन गरेका छन्।

जर्मनी कोरोनाबाट अतिप्रभावित २० मुलुकको सूचीमा छ। त्यहाँ २ लाख ४२ हजार ८३५ जना संक्रमित भेटिएका छन् भने ९ हजार २९९ जना संक्रमितले ज्यान गुमाएका छन्।  संक्रमित हुने र मानवीय हताहतिको संख्या बढिरहेपनि बर्लिनमा शनिबार ३८ हजार मानिसहरु प्रतिबन्धको विरोधका उत्रिएका हुन्।

महामारीकै बीच ठूलो संख्यामा मानिसहरु सडकमा आएकाले त्यहाँ फेरि संक्रमण फैलनसक्ने जोखिम बढेको छ।  प्रदर्शनकारीहरुले प्रहरीमाथि समेत आक्रमण गरेका थिए। आक्रमणमा संलग्न २०० जना प्रदर्शनकारी समातिएका छन्।

प्रदर्शनकारीहरुले भौतिक दूरी कायम नगरेको र उनीहरुमध्ये केही मानिस दक्षिणपन्थी रहेको जर्मनीका गृहमन्त्री आन्द्रे जिजेलले बताएका छन्। विरोध प्रदर्शनमा सहभागी मानिसहरुले लगाएको टिसर्टमा जर्मनीको दक्षिणपन्थी शक्तिसँग सम्बन्धित नारा लेखिएको उनले दावी गरेका छन्।

कोरोना भाइरस नियन्त्रण गर्ने नाममा प्रतिबन्ध लगाउँदा आफूहरुको स्वतन्त्रताको अधिकार र देशको संविधान हनन भएको प्रदर्शनकारीहरुले दावी गरेका छन्।

अप्रिलमा मानिसहरुबीच भौतिक दूरी कायम गर्नुपर्ने नियमलाई केही खुकुलो बनाएपछि फेरि संक्रमित भेटिन थालेपछि जर्मनीले कडा नियम लागु गरेको छ।  चान्सलर एंगेला मर्केलले बिहीबार सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई ५० पाउण्ड जरिवाना लगाउने घोषणा गरेकी छिन्।  जर्मनीमा आउँदो वर्षसम्मका लागि सार्वजनिक सभा समारोह आयोजना गर्न प्रतिबन्ध लगाइएक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here