कोभिड संक्रमित चिकित्सकलाई बेड, आइसीयू र भेन्टिलेटर उपलब्ध गराउने अफिनको निर्णय

141

काठमाडौं । कोभिड –१९ (कोरोनाभाइरस) बाट संक्रमित चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसीयू र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराइने भएको छ।

एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) र नेपाल चिकित्सक संघको आज बुधबार बसेको संयुक्त परामर्शदाता कमिटीको बैठकमा संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति भएको जनाईएको छ ।

बैठकले अस्पतालहरुमा भिडभाड कम गर्न ओपिडी, बिरामी, विरामीका आफन्त र हेल्थ्य केयर वर्करहरु सम्बन्धि प्रोटोकल तथा गाइडलाइन तयार गर्ने पनि निर्णय गरेको छ।

बैठकमा कोभिड १९ को विषयलाई लिएर तलवभत्ता माग गर्दे उपचार प्रक्रियामा सहभागी नहुन केही चिकित्सकहरुको निर्णयप्रति संयुक्त परामर्शदाता कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस विषयमा गम्भीर छलफल गरी चिकित्सकहरुलाई काममा फर्काउन एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) र नेपाल चिकित्सक संघले सहजीकरण गर्ने निर्णय भएको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here