आफू खुशी सवारी चालक भाडा असुल्दै यात्रुहरुसँग

170

 पर्वत – सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् । पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा असुली गरिरहेका छन् । गाडी चढेर यात्रा नगरौँ सम्बन्धित ठाउँमा पुग्न घण्टौँ पैदलयात्रा गर्नुपर्छ ।

चढौँ भेँडाबाख्रा खाँदिएजस्तै खाँदिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुको गुनासो छ । सरकारले कोरोना भाइरस को समयमा स्वास्थ्य आचारसंहिता पालना गर्दै ५0% सम्म बढी भाडा लिन पाउने नियम गराएपनि त्यसको खिल्ली उडाउदै कोचाकोच मान्छे हालेर साबिक को भडामा २००% भन्दा बडी भाडा असुली गरिरहेका यात्रुले गुनासो गरेका छन् ।

पर्वत सदरमुकामदेखि दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिका बाट सदरमुकाममा कुश्मा बजार सम्म गएको भाडा १ हजार देखि १२ सय सम्म भाडा तिर्न बाध्य भएको छन् । पर्वतको बिहादी गाउँपाकिका को रानीपानी, बर्राचौर, वहाकी बाट कुस्मा सम्म गाडीमा यात्रा गर्दा यातायात व्यवसायीले तोकेको भाडा ३९० देखि ४५० रहेपनि त्यो रकम भन्दा २००% बढी भाडा असुल्दै सवारी चालक ।

बर्राचौर का एक स्थानीयले भन्ने बर्राचौर खहरेखोला देखि कुस्मा गएको १ हजार तिर्न बाध्य भए मेरो कुरा स्थानीय सरकारले सुनेर पनि नसुने झैँ गर्यो उनीले बताए अनुसार म जस्तै धेरैले १ हजारका दरले बर्राचौर बाट कुश्मा गएको भाडा तिर्न बाध्य भएउ यस्ता गाडी वालालाई सम्बन्धित निकायले खोजी गरि कारबाहीको प्रक्रिया अगाडि बढाउन स्थानीयले अनुरोध गरेका छन् ।

यातायात व्यवसायी पर्वतले तोकेको भाडा दर अनुसार बर्राचौर देखि कुश्माको भाडा ३९० रहेको पाइएको छ । – अमृत भट्टराई