श्राद्धका लागि इकर्मकाण्ड एप सञ्चालनमा

53

काठमाडौं – पछिल्लो समय कोरोनाको बढ्दो संक्रमणका कारण भेटघाट, जमघटको परिस्थिति छैन । कोरोनाले गर्दा बुधबारबाट सुरु भएको सोह्रश्राद्ध पनि प्रभावित बनेको छ ।

यही परिस्थितिलाई मध्यनजर गरेर एउटा अनलाइन सेवा सञ्चालनमा आएको छ, जसले सुरक्षित तरिकाले श्राद्ध गर्न सम्भव तुल्याउने दावी गरिएको छ । टेनहाफ प्राइभेट लिमिटेड नामक कम्पनीले ‘इकर्मकाण्ड’ नामक सेवा सुरु गरेको हो । टेलिफोन सम्पर्क, वेव साइट र मोबाइल एपमार्फत यो सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

इकर्मकाण्ड सेवा मोबाइल एप र फेसबुकमार्फत उपलब्ध छ । साथै इकर्मकाण्ड डटकममार्फत यो संसारभर उपलब्ध हुने बताइएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘यदि तपाईं जोखिम नमोली घरमै बसेर सोह्रश्राद्ध गर्न चाहनुहुन्छ भने भिडियो कलमार्फत तपाईंले यो कर्म गर्न सक्नुहुन्छ । त्यसका लागि हामी अनलाइनमार्फत हाम्रा पण्डितहरु उपलब्ध गराउने छौं ।’

इकर्मकाण्ड सेवाको प्रयोगका लागि इकर्मकाण्ड डट कममा गएर बुकिङ गर्न सकिने वा गुगल प्लेस्टोरमा एप डाउनलोड गर्ने विकल्प छन् । फोनमार्फत पनि बुकिङ गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here