नौ लाख एक हजार आठ सय २२ जनाले कोरोनाबाट ज्यान गुमाए

63

काठमाडौं -विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७७ लाख ३३ हजार तीन सय ३० पुगेको छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नौ लाख एक हजार आठ सय २२ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ९८ लाख २७ हजार ६ सय ६२ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ९४ हजार ३२, ब्राजिलमा एक लाख २७ हजार पाँच सय २९, भारतमा ७३ हजार नौ सय २३, मेक्सिकोमा ६८ हजा चार सय ८४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here