एनओसीलेद्वारा ओलम्पियनसहित ८९ जनाको कोरोना बिमा

58

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना भाइरस (कोभिड–१९) को बिमा गराएको छ । एनओसीले शुक्रबार विज्ञप्ति जारी गर्दै एनओसीका कार्यकारी निर्देशक तथा उपाध्यक्ष चतुरानन्द राजवैद्यले जारी गरेको विज्ञप्तिमा ओलम्पियन खेलाडी, युथ ओलम्पियन, ओलम्पिकको तयारीमा रहेका खेलाडी तथा प्रशिक्षक, ओलम्पिक कमिटीका पदाधिकारी र स्टाफ, एनओसी कमिसन्स हेड, एनओसीका सल्लाहकार, एनओसीका पूर्वअध्यक्ष र एनओसीका साधरणसभा सदस्यहरूको गरी ८९ जनाको कोरोना बिमा गराएको उल्लेख गरेको छ ।

‘सम्पर्कमा रहेका र हामीले भेटेका ५० जना ओलम्पियन खेलाडी, एनओसीका पदाधिकारी र कर्मचारी गरी ८९ जनाको प्रतिव्यक्ति १ लाख रुपैयाँको दरले एभरेस्ट इन्सोरेन्स कम्पनीबाट कोरोना बिमा गरेका छौं । छुटेका ओलम्पियन खेलाडी र अन्यको फेरि गरिनेछ । कोही छुट्नेछैन, कोही दोहोरिनेछैन,’ कार्यकारी निर्देशक तथा उपाध्यक्ष वैद्यले भने । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै एनओसीले उनीहरूको कोरोना बिमा गरेको हो । एनओसीको गत शनिबार बसेको बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दै ओलम्पियनसहित पदाधिकारी र स्टाफको कोरोना बिमा गर्ने निर्णय गरेको थियो । एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठसहित अन्य चार कर्मचारी संक्रमित भए पनि कोरोनामुक्त भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here