काठमाडौं र ललितपुरका यी स्थानमा विजुली आपूर्ति बन्द हुने

17

काठमाडाैं  उपत्यकाकाे  काठमाडौं र ललितपुर जिल्लाका धेरै जसो भागमा विजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि आज बिजुली आपूर्ति बन्द हुने भएको प्राधिकरणले जनाएको हो ।

बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली काटिने स्थानहरुमा कुलेश्वर वितरण केन्द्र अन्तर्गत बालाजु स्वयम्भू फिडरको चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत विद्युतीय संरचना सार्ने भएकाले यी भेगमा विद्युत आपूर्ती बन्द हुनेछ ।

स्वयम्भू, अजिमा हल, भगवानपाउ, सानो भर्‍याङ्ग, ठूलो भर्याङ्ग, इचंङ्गु, हलचोक लगायतका ठाउँहरुमा विद्युत अवरुद्ध हुनेछ ।

त्यस्तै ललितपुरको पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरमा नयाँ फिडर विस्तार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म धोविघाट नयाँ बाटो, मेघा हस्पिटल, पट्टीपा चोक, सिद्धार्थ कटेज, ढुङ्गेधारा लगायतका क्षेत्रहरुका विद्युत अवरुद्ध हुने भएको छ ।

उता बालाजु वितरण केन्द्रको काठमाडौ महानगरपालिका–१५ र १६ मा पनि बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म विजुली जाने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here