एजेन्सी – अमेरिकी राष्ट्रपति चुनाव नजिकिदै गर्दा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को ऐतिहासिक सफलता हासिल गरेका छन् । उनको पहलमा इजरायल र बहराईनबीच कुटनीतिक सम्बन्ध स्थापित भएको छ ।
यसअघि ट्रम्पले युएईसँग इजरायलको यस्तै ऐतिहासिक सम्बन्ध स्थापित गर्न मध्यस्थकर्ताको भुमिका निभाएका थिए । कुसल मध्यस्थकर्ताको पहिचान बनाएका ट्रम्पले फेरि अर्को बाजी मारेका छन् । यसरी उनले अमेरिका भित्र र बाहिर आफ्नो बलियो छवि बनाएका छन् ।
यी सबै घटना अमेकिरामा राष्ट्रपति चुनाव नजिकिन दुई महिनाभन्दा कम समय बाँकी रहँदा विकास भएको हो ।
ट्रम्प ऐतिहासिक सम्झौताहरु गराएर आफूलाई नोबल पुरस्कारको दाबेदारका रुपमा उभ्याएका छन् । उनको नाम २०२१ को नोबेल शान्ति पुरस्कारको दाबेदारको सुचीमा परेको छ । फक्सन्युजका अनुसार ट्रम्प नोबल शान्ति पुरस्कारको मनोनयन सुचीमा परेका छन् ।