स्विडेनको स्वतन्त्रताको प्रभाव अन्य देशमा पनि व्यापक पर्यो । त्यसपछि फरक–फरक देशमा प्रेसलाई स्वतन्त्रता प्रदान गर्नेगरी कानून निर्माण हुनुुपर्ने माग उठ्यो । यही माग सम्बोधन गर्दै डेनमार्क सरकारले १७७० मा सेन्सर हटाइदियो । यससँगै प्रेसको संरक्षण व्यवस्था पनि कायम गरियो । यही वर्ष नर्वेमा पनि प्रेस स्वतन्त्रता मिल्यो । अहिले पनि स्विडेन, डेनमार्क र नर्वेका सञ्चारमाध्यमले अत्याधिक स्वतन्त्रता उपभोग गरिरहेका छन् । सन् २०२० मा रिपोर्टस् विथआउट बोडर्सले सार्वजनिक गरेको सुचीअनुसार क्रमश नर्वे, फिनल्यान्ड, डेनमार्क, स्विडेन, नेदरल्यान्डस्, जमैका, कोस्टारिका, स्विचरल्यान्ड, न्युजिल्यान्ड र पोर्चुुगलका पत्रकार अत्यधिक स्वतन्त्रता उपभोग गर्नेमध्ये शीर्ष १० भित्र पर्छन् ।
अन्य घटनाक्रम
१९४९– भारमा संविधानसभाद्धारा हिन्दीलाई आधिकारीक भाषाका रुपमा मान्यता ।
१९८२ –मोन्टे कार्लोमा कार दुर्घटना हुँदा हलिउडकी चर्चित अभिनेत्री तथा मोनाकोकी राजकुमारी ग्रेस केलीको निधन ।
२०००– माइक्रोसफ्टले विन्डोज एमई लन्च गर्यो ।