कोरोना संक्रमित उपत्यकामा ५१२ थपिए

7

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४० , ललितपुरमा  २९ र भक्तपुरमा ४३ जनालाई  कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ।

काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९०  र भक्तपुरमा  १ हजार ३१ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७० नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ। २४ घण्टा ८ सय ७९ जना डिस्चार्ज भएका छन्।  देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ३९ हजार ५ सय ७६ जना पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here