बलेवामा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

9

बागलुङ – ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारबाट बागलुङको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बागलुङ नगरपालिका वडा नं. १४ बलेवास्थित नारायणस्थानमा संचालनमा ल्याइएको एक्सटेन्सन काउण्टरको आइतबार बागलुङ क्षेत्र नं. १का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले उद्घाटन गरे ।

सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बागलुङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । योसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here