सहज बनाउन आयो मोबाइल एप ‘वरिपरि’

124

काठमाडौं – डिजिटल माध्यममार्फत ग्राहकमाझ पुगेर आफ्नो वस्तु तथा सेवाको विक्री गर्नुपर्ने बाध्यात्मक अवस्थालाई सहज बनाउन भन्दै मोबाइल एप ‘वरिपरि’ सार्वजनिक गरिएको छ । पटक–पटकको बन्दाबन्दी तथा निषेधाज्ञाले सम्पूर्ण व्यवसाय थलिएको अवस्थामा नयाँ एपले उपभोक्ताहरूलाई केही सहजता प्रदान गर्ने जनाइएको छ ।

कुनै पनि ठाउँ आसपासका व्यवसायले प्रदान गर्ने वस्तु तथा सेवाका बारेमा ग्राहकलाई जानकारी दिन वरिपरि एप तयार गरिएको कम्पनीको भनाइ छ । एपमार्फत कुनै पनि व्यवसायीले आफ्नो पसल तथा अफिसको वस्तु वा सेवा बेच्न आप्mनो व्यवसायलाई विनालगानी वरिपरि एपमा दर्ता गर्न सक्ने छन् । यसरी व्यवसायी डिजिटल माध्यमबाट उपभोक्तासँग सजिलै पुगी व्यवसायको वृद्धि गर्न सक्ने वरिपरि नेपाल प्रालिका संस्थापक राज रेग्मीले जनाए ।

उनका अनुसार व्यवसाय दर्ता गर्न मोबाइलमा एप डाउनलोड गरी नाम र मोबाइल नम्बर राखेर एकाउन्ट खोल्न सकिन्छ । एकाउन्ट खोलेपछि ‘क्रिएट स्टोर’ मा गई आफ्नो व्यवसायको नाम र स्थान उल्लेख गर्नु पर्ने हुन्छ । जुनसुकै व्यवसाय वरिपरिमा दर्ता गर्न सकिने रेग्मीको धारणा  छ ।

वरिपरि  एपमा दर्ता गरेपछि व्यवसायीले आफ्नो सेवा अवधि तोक्न मिल्छ जसबाट ग्राहकले एपमा हेर्दा सो समयमा खुल्ला छ कि बन्द छ भनेर जानकारी लिन सक्ने छन् भने होम डेलिभरिको व्यवस्था छ कि छैन भनेर पनि यकिन गर्न सक्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here