अवदेखि कोरोना परीक्षण शुल्क २ हजार मात्र

42

काठमाडौं – कोरोना भाइरस परीक्षणका लागि सरकारले शुल्क समायोजन गरेको छ । सरकारले देशभरका अस्पतालमा पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ कायम गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने निर्णय गरेको हो । यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सयसम्म लिन सकिने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा पीसीआर परीक्षणका कीट तथा अन्य सामग्रीको मूल्य सस्तो भएसँगै परीक्षण शुल्क घटाइएको जानकारी दिए । हाल देशभर ४७ प्रयोगशालामा कोरोना परीक्षणका लागि आरटी–पीसीआर प्रविधिको प्रयोग हुँदै आएको छ ।

जसअन्तर्गत उपत्यकामा दुई र सात प्रदेशमा एक÷एक प्रयोगशाला र ११ निजी प्रयोगशालामा सशुल्क कोरोना परीक्षण हुन्छ । हाल कन्ट्याक्ट ट्रेसिङमा परेका, फ्रन्टलाइनमा काम गर्नेहरू, स्वास्थ्यकर्मीलगायतको कोरोना परीक्षण निःशुल्क हुँदै आएको छ ।

उता, कोरोना भाइरस परीक्षण शुल्कमा अस्पतालले मनपरी गरिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा प्रयोगशालाको प्रभावकारी तवरबाट नियमन र अनुगमन नगर्दा शुल्कमा मनपरी भइरहेको हो ।

केही प्रयोगशालाले प्रतिव्यक्ति परीक्षण शुल्कबापत ७ हजार रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । शुल्कमा एकरूपता नहुँदा पीसीआर परीक्षणका लागि अस्पताल वा प्रयोगशाला पुगेकाहरू मर्कामा परेका छन् ।

सरकारले समेत मनपरी शुल्क असुल्नेहरूको कारबाहीको दायरामा ल्याउन नसकेको आजको राजधानी दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here