उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ कोरोना संक्रमित थपिए

88

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५ , ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ।

काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार २ सय २६ र भक्तपुरमा १ हजार १ सय १५ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ५९ नयाँ संक्रमित थपिएका छन्।

कूल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ। २४ घण्टा १ हजार ६२ जना डिस्चार्ज भएका छन्।  देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ४० हजार ६ सय ३० जना पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here