भोटोजात्रा सम्पन्न नगरी बुङ्मती लगियो मच्छिन्द्रनाथ

182

काठमाडौं-मच्छिन्द्रनाथलाई बुङ्मती लगिएसँगै यस वर्षको रथयात्रा सकिएको छ । यसपटक न रथयात्रा भयो भन्न मिल्छ, न भएन नै भन्न मिल्छ।

रथयात्राको विषय महिनौं दिन अनिर्णयको बन्दी बनाइएपछि भदौ १८ गते स्थानीयले स्वतःस्र्फूतरुपमा रथ बनाइएको स्थान पुल्चोकबाट रथ करिब २ सय मिटर तानेका थिए । त्यसपछि प्रहरीसँग झडप भएको थियो । भदौ २१ गते सांकेतिकरुपमा १० मिटर रथ तानेर रथयात्रा औपचारिकरुपमा समापन गरिएको थियो । त्यसैले रथयात्रा भयो भन्न पनि नमिल्ने र भएन भन्न पनि नमिल्ने अवस्था आएको हो । रथ पुल्चोकबाट तानेर गाबहाल, मंगलबजार, सुन्धारा, चक्रबहिल, हँुदै लगनखेलको थति टोलमा राख्ने परम्परा रहेको छ । जावलाखेलको रथ लगनखेलको थतिबाट जावलाखेल पु¥याइएको चार दिनपछि भोटो देखाउने परम्परा रहेको छ । कोरोना महामारीको कारण यस वर्ष यो भोटो जात्रासँगै रथयात्रा र त्यससँग जोडिएका अनेक अर्मूत संस्कृति र परम्परा सम्पन्न हुन सकेन । कोरोनाको महामारीका बिच मच्छिन्द्रनाथलाई बुङ्मती लग्दा भैंसेपाटी, खोकना दोबाटोदेखि बुङ्मतीसम्म सयौं भक्तजन हातमा छ्वाली बालेर स्वागत गर्न बसेका थिए ।

कोरोना महामारीको पर्वाह नगरी मच्छिन्द्रनाथ खटमा राखेर लाने क्रममा अघिपछि सयौं मानिसहरु जम्मा भएका थिए । रातो मच्छिन्द्रनाथलाई नख्खु हुँदै बुङ्मतीमा रहेको मन्दिरमा प्रतिस्थापन गर्ने बेलासम्म ती छ्वालीहरु बालेर देवतालाई बाटो देखाउने गरिन्छ । खटमा राखिएको रातो मच्छिन्द्रनाथ सँगसँगै अगाडि अगाडि छ्वाली जलाएर बुङ्मतीसम्म लगिन्छ । बाटो छेउमा बस्ने युवायुवती, वृद्धवृद्धाले पनि छ्वाली जलाएर स्वागत गर्छन् । अँध्यारो नहुँदै देखिने त्यो दृश्य मसाल जुलुसको दृश्य जस्तो देखिन्थ्यो । यसलाई नेपाल भाषामा ‘सवा लाख छ्वालीप्वाः च्याकाः लं स्ववनेगु’ भनिन्छ । यसको अर्थ ‘सवा लाख परालको मुठा बालेर देउताको बाटो हेर्न जाने’ हुन्छ ।नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here