मोबाइलका कारण २० वर्षीय पुरुषसँग वेपत्ता

77

एजेन्सी – बच्चाहरुको लागि आफ्नो आमा निकै प्यारी हुन्छिन् । धेरै बच्चाहरुको पहिलो मेहेनतको कमाई घर परिवारको लागि छुट्टाएका हुन्छन् । यस्तै एउटा छोराले आफ्नो मेहेनतको कमाईले आमालाई स्मार्ट फोन उपहार दिएका थिए ।

खुशी हुँदै आमालाई उपहार दिएका छोरोले कति पनि सोचेनन कि पछि पछुताउन पर्ला । ५० वर्षकी आमाले छोराले दिएको उपहार स्मार्ट फोनको माध्यमले २० वर्षका पुरुषसँग फेसबुकमा चिनजान गरिन् । कुरा हुँदै जाँजा मोवाइल नम्बर साटासाटपछि दुवैजनाबीच फोनमा कुराकानी सुरु भयो ।

निकटता सुरु भएसँगै विस्तारै मायामा फसे  । भर्खरका २० वर्षिय युवाको मायामा परेकी महिलाले आफुले जन्माएका दुई सन्तान, श्रीमान र यो दुनियाँ भुलेर फरार भएकी छिन् । उनको एक छोराको विवाह भएको छ । महिलाको पतिले प्रहरी कार्यालयमा उजुरी दिएका छन् । सबैकुरा छाडेर सानो उमेरका प्रेमीको साथमा गएकी महिलाको हालसम्म अवस्था अज्ञात छ ।

उनीहरु कहाँ के गर्दैछन् भन्ने कसैलाई जानकारी छैन् । उनीहरुको एक महिना अगाडिबाट मात्र फेसबुकमा कुराकानी सुरु भएको थियो । पतिले श्रीमती खोजीदिन निवेदन दिएपछि प्रहरीले उनीहरुको खोजी कार्य तिव्र रुपमा अगाडि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here