विश्व कीर्तिमानी गजल सार्वजनिक

165
काठमाडौं  – विश्व कीर्तिमानी स्रष्टाद्वय गीतकार डा. डी.आर. उपाध्यायको शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वरमा ‘दुई मुटु जोडेर’ बोलको गजल सार्वजनिक गरिएको छ ।

उक्त गजलको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेश गरिएको छ ।

सो गजलमा विश्व संगीतको इतिहासमा पहिलोपटक संगीत सिद्धान्तअनुसार तीन सप्तकको एउटै (एफ मेजर) स्केलमा संगीतबद्ध गरेर रेकर्डिङ गरि अर्को विश्व कीर्तिमान कायम गरेको दावी गरिएको छ । विश्व संगीतको इतिहासमै पहिलोपटक प्राविधिक हिसाबले यो प्रयोगात्मक गजल सार्वजनिक गरिएको छ ।

संगीत सिद्धान्त अनुसार एउटै स्केलमा तीन सप्तकमा तयार गरिएको हुनाले विश्व कीर्तिमान कायम भएको संगीतकार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार एउटै सिर्जनालाई तीन सप्तकको एउटै स्केलमा सङ्गीतबद्ध गरेर रेकर्डिङ गरिएको विश्व संगीतको इतिहासमा पहिलो इतिहास हो  र यो गीतले केही समय अघि विश्व कीर्तिमान कायम गर्न सफल भएको थियो ।

केही समय अघि सार्वजनिक डा. डी.आर. उपापध्यायको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको आधुनिक गीतिएल्बम ‘मायाको सागरमा’ एक गीत विश्वमा बोलिने १२ देशका भाषामा तयार गरिएको गीतले पनि गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको थियो ।

डी.आर.का गीत र सन्तोष श्रेष्ठको सङ्गीत रहेका अन्य गीतले पनि विश्व रकेर्ड राख्न सफल भएका छन् । डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व  रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here